शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

राष्ट्रपतिबाट दशैंमा सधैं असमान व्यवहारको सन्देश किन जान्छ ? ( तस्बिर)

राष्ट्रपतिबाट दशैंमा सधैं असमान व्यवहारको सन्देश किन जान्छ ? ( तस्बिर)

काठमाडौं । हरेक दशैंमा टीका लगाउने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिन्छन । खास गरी टी थाप्नेहरुलाई असमान व्यवहार गरेको उनीमाथि आरोप लाग्छ र त्यो हरेक वर्ष जस्तो देखिन्छ ।  गतवर्षको दसैंमा राष्ट्रपति भण्डारीले टीका ग्रहण गर्दै गर्दाको तस्बिरले आलोचना निम्त्याएको थियो । आफू सोफामा बसेर वृद्ध आमा मिथिला पाण्डेलाई उभ्याएरै टीका लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो ।

साझा पोष्ट
बुधबार, असोज १९ २०७९
  • images
    राष्ट्रपतिबाट दशैंमा सधैं असमान व्यवहारको सन्देश किन जान्छ ? ( तस्बिर)
    images

    काठमाडौं । हरेक दशैंमा टीका लगाउने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिन्छन । खास गरी टी थाप्नेहरुलाई असमान व्यवहार गरेको उनीमाथि आरोप लाग्छ र त्यो हरेक वर्ष जस्तो देखिन्छ ।  गतवर्षको दसैंमा राष्ट्रपति भण्डारीले टीका ग्रहण गर्दै गर्दाको तस्बिरले आलोचना निम्त्याएको थियो । आफू सोफामा बसेर वृद्ध आमा मिथिला पाण्डेलाई उभ्याएरै टीका लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो ।


    images
    images

    त्यस्तै, २०७५ सालको दसैंमा पनि राष्ट्रपतिले टीका लगाएको तस्बिरले विवाद सिर्जना गरेको थियो । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिबाट दसैंको टीका ग्रहण गर्ने क्रममा भुँइमा घुँडा टेकेका थिए । राष्ट्रपतिले सधैंझैं सोफामा बसी अगाडि विशिष्ट व्यक्तिलाई घुँडा भुइँमा टेकाएर टीका लगाइदिएकी थिइन् । राष्ट्रपतिले दशैंको टीका लगाउने क्रममा आएका तस्बिरले यसअघि पनि टिकाटिप्पणी र आलोचना भएको थियो । तर यसपटक पनि त्यो सुध्रिएको देखिएन । 

    तस्बिर १ 

    pujari utheko1664993635.jpg
    यो तस्बिरमा  राष्ट्रपतिले टीका ग्रहण गर्दैछिन, उनलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयका मूल पूजारी खेमचन्द्र ढकाल हुन । ढकाल उठेका छन भने राष्ट्रपति बसेर टीका थापिरेहकी छन । 

    तस्बिर २ 

    hanuman dhoka1664993666.jpg

    दोस्रो तस्बिरमा पनि राष्ट्रपति भण्डारी टीका थापीरहेकी छन, यो तस्बिरमा टीका लगाईदिने व्यक्ति हनुमानढोकाका मूलपुजारी देवराज अर्याल हुन्। उनले पनि उठेरै राष्ट्रपतिलाई टीका लगाईदिएका छन । 
    तस्बिर ३ र ४ 

    kukrukka1664993583.jpg

    pujari baseko1664993724.jpg
    यी दुई तस्बिरमा मान्छे उनै हुन, टीका थाप्ने र लगाउने भूमिका फेरिएको छ । तर यहाँ राष्ट्रपतिले कुर्सीमा बसेर टीका लगाईदिएकी छन भने ग्रहण गर्ने पूजारीहरुलाई बस्ने कुनै व्यवस्था छैन । हनुमान ढोकाका पूजारी अर्याल बडो अफ्ठेरोका साथ कुक्रुक्क परेर टीका थापीरहेका छन । अर्का पूजारी ढकाल भुइँमै बसेका छन । 
    तस्बिर ५ 

    sainya adhikari1664993756.jpg
    यो तस्बिरमा एक सैन्य अधिकारी पनि असहज अवस्थामा टीका ग्रहण गरिरहेका छन । उनलाई पनि बस्ने व्यवस्था मिलाइएको छैन । 
    तस्बिर ६ 

    chhori jwai1664993800.jpgआफैले टीका थापेका पूजारी पूरोहितहरुलाई बस्ने व्यवस्था नगरेकी राष्ट्रपतिले यहाँ छोरी ज्वाइँलाई टीका लगाउन कुर्सीको व्यवस्था गरेकी छन । उनका छोरी ज्वाइँले सहजै टीका थाप्ने मौका पाए । 
    तस्बिर ७ 


    यो तस्बिरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्नीसहित टीका थापीरहेका देख्न सकिन्छ र उनका लागि पनि बस्ने व्यवस्था गरिएको छ । 

    oli prez1664993857.jpg
    राष्ट्रपति सोफामा बसेर टीका लगाउँदा टीका थाप्नेका लागि कि त सामुन्ने कुर्सी हुनुपर्ने नभए राष्ट्रपतिले पनि उभिएर टीका लगाइदिनुपर्नेमा त्यसो नगर्दा आलोचना हुने गरेको छ । राष्ट्रपति कार्यालयको व्यवस्थापनको तरिकाले बारम्बार राष्ट्रपतिको दसैं टीकामा यस्ता असमान खालका तस्बिर आउने गर्छन् । के यति सामान्य कुरा पनि सुधार गर्न नसकिने हो ? तस्बिर: रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार