बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

नेपाल र  वेस्टइन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि

नेपाल र  वेस्टइन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    नेपाल र  वेस्टइन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि
    images

    काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच आजदेखि पाँच म्याचको टी–२० सिरिज सुरु हुँदैछ ।


    images
    images

    सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजे सुरु हुनेछ ।नेपालले  रोहित पोडेलको कप्तानीमा वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा गरेको छ । 

    १६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल,  युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो ।

    बिहीबार घोषित १६ सदस्य टोलीमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई मात्र थपिएको थियो ।अब २० जनाबाट आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुहेन  टी–२० विश्वकप खेल्ने नेपाली टोलीको टुंगो लाग्नेछ ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी-२० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मे लाई तोकेको छ । त्यो डेडलाइन अघि नेपालले वेष्टइन्डिज एविरुद्ध आज शनिबार र आइतबार दुई खेल खेल्नेछ । त्यसैले सुरुवाती दुई खेलमा प्रमुख खेलाडीलाई आराम दिएर अरुलाई मौका दिने संभावना छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार