शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

सर्पको डसाइबाट भारतमा हरेक वर्ष ६४ हजारभन्दा बढीको मृत्यु

सर्पको डसाइबाट भारतमा हरेक वर्ष ६४ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ । भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार त्यहाँ हरेक वर्ष ६४ हजारभन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ ।

साझा पोष्ट
सोमबार, कात्तिक २१ २०७९
  • images
    सर्पको डसाइबाट  भारतमा हरेक वर्ष ६४ हजारभन्दा बढीको मृत्यु
    images

    एजेन्सी । भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ ।


    images
    images

    भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार त्यहाँ हरेक वर्ष ६४ हजारभन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ ।

    भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो । विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतमा मात्र ६४ हजार जना भन्दा बढी रहेका देखाइएको छ ।

    भारतको पनि उत्तर प्रदेशमा सबैभन्दा धेरै मानिसको सर्पको डसाइबाट मृत्यु हुुने गरेको छ । यस प्रदेशमा मात्र १६ हजारभन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको अनुुसन्धानले देखाएको छ ।

    त्यसपछि भारतको मध्य प्रदेशमा धेरै मानिसको ज्यान जाने गरेको छ । भारतको मध्य प्रदेशमा  पाँच हजार सात सयको ज्यान गएको थियो । त्यसपछि भारतको राजस्थानमा पाँच हजार तीन सय जनाको सर्पले डसेर ज्यान गएको थियो ।

    संसारमा प्रति एक लाख जनामा ०.८ जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतको तुलनामा यो निकै थोरै हो । यता भारतमा प्रति एक लाख जनामा चार जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको तथ्याङ्क भेटिन्छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार