आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

हैदराबाद बेंगलोरसँग ३५ रनले पराजित

हैदराबाद बेंगलोरसँग ३५ रनले पराजित

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    हैदराबाद बेंगलोरसँग ३५ रनले पराजित
    images

    काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ रनले पराजित भएको छ । जारी सिजनमा बेंगलोरको यो दोस्रो जित हो । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो ।


    images
    images

    हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्रविस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७९७ रनमा आउट भए । प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए ।

    बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामरुन ग्रीनले २-२ विकेट लिए ।टस जितेर पहिला ब्याटिङ  गरेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो । बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

    विराट कोहलीले ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रनको योगदान गरे ।  क्यामरन ग्रीनले २० बलमा ५ चौकासहित ३७ रन बनाए ।
    फाफ डु प्लेसिस २५, विल ज्याक्स ६, महिपाल लोमरोर ७ रनमा आउट भए । हैदराबादका जयदेव उनादकटले ३, टि नटरजानले २, प्याट कमिन्स र मयंक मारकण्डेले १-१ विकेट लिए ।

    बेंगलोर ९ खेलमा २ मा जितसहित ४ अंकका साथ पुछारमा छ । हैदराबाद ९ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ । राजस्थान १४ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता १० अंकका साथ दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार