मंगलबार, वैशाख २५ गते २०८१
Logo
मंगलबार, वैशाख २५ गते २०८१

डेढ किलो सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद,  ७ जना पक्राउ

डेढ किलो सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद,  ७ जना पक्राउ

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    डेढ किलो सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद,  ७ जना पक्राउ
    images

    काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।


    images
    images

    काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र  रकम बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।

     दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ परेका छन् । 

    त्यस्तै भारतको महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार