मंगलबार, वैशाख २५ गते २०८१
Logo
मंगलबार, वैशाख २५ गते २०८१

भारतमा दोस्रो चरणको मतदान जारी, यी चर्चित अनुहार छन् प्रतिस्पर्धामा

भारतमा दोस्रो चरणको मतदान जारी, यी चर्चित अनुहार छन् प्रतिस्पर्धामा

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    भारतमा दोस्रो चरणको मतदान जारी, यी चर्चित अनुहार छन् प्रतिस्पर्धामा
    images

    काठमाडौं ।  लोकसभा चुनाव अन्तर्गत आज भारतमा दोस्रो चरणको मतदान भैरहेको छ । 


    images
    images

    विभिन्न १३ राज्यका ८८ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान गर्नेछन्। मतदान बेलुका ६ बजेसम्म सञ्चालन हुने बताइएको छ।

    असमका ५, बिहारमा ५, छत्तीसगढमा ३, जम्मू र कश्मिरमा १, कर्नाटकामा १४, केरलामा २०, मध्यप्रदेशमा ७, महाराष्ट्रमा ८, मणिपुरमा एक, राजस्थानमा १३, त्रिपुरामा १, उत्तर प्रदेशमा ८ र पश्चिम बंगालका ३ सिटका लागि आज मतदान हुँदैछ।पहिलो चरणमा २१  राज्यका १०२ सिटका लागि वैशाख ७ गते मतदान भएको थियो। यी चर्चित अनुहार छन् प्रतिस्पर्धामा

    आजको निर्वाचनबाट केही ठूलो हस्तीको हार जितको फैसला हुनेछ । जसमा कांग्रेसका नेता राहुल गान्धी छन् । राहुल गान्धी केरलाको वायनाडमा उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा उत्तर प्रदेशको अमेठी र केरलाको वायनाडमा उम्मेदवार थिए। त्यसबेला अमेठीमा भाजपाकी स्मृति इरानीसँग पराजित भएपनि वायनाडमा विजयी भएका थिए।

    यसपालि सिपिआइकी एनी राजा र भाजपाका के सुरेन्द्रन उनका प्रतिद्वन्द्वी छन्। एनी राजा सिपआइका महासचिव डी  राजाकी श्रीमती हुन्। के सुरेन्द्रन भाजपाका केरला प्रदेश अध्यक्ष हुन्।
    यस्तै  लोकसभाका अध्यक्ष ओम बिर्ला पनि प्रतिस्पर्धामा छन् ।  उनी राजस्थानबाट चुनाव लड्दैछन्। उनका प्रतिद्वन्द्वीमा भारतीय कंग्रेसका प्रल्हाद गुन्जल छन्। प्रह्लाद भाजपाबाटै कंग्रेस गएका थिए। अघिल्लो वर्ष पनि बिर्ला सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

    शशि थरूरको पनि आजको चुनावबाट फैसला हुनेछ । कंग्रेस आइका  नेता शशि थरूर केरलाको तिरूवन्तपुरम सिटका उम्मेदवार छन। त्यहाँ उनी सन् २००९ देखि चुनाव जित्दै आइरहेका छन्। यसपालि भाजपाका संघीय मन्त्री राजीव चन्द्रशेखर प्रतिस्पर्धामा छन् । सिपिआईले पन्नियन रविन्द्रनलाई उम्मेदवार बनाएको छ।

    अभिनेत्री हेमा मालिनी उत्तर प्रदेशको मथुरामा भाजपाको उम्मेदवार बनेकीछन् ।  बलिउड अभिनेतृ हेमा मालिनीले त्यहाँ २०१४ देखि लगातार चुनाव जित्दै आएकी छन्।

    २०१४ मा राष्ट्रिय लोक दल (आरएलडी) का जयन्त चौधरी र २०१९ मा गठबन्धन उम्मेदवार कुँवर नरेन्द्र सिंहलाई फराकिलो मतान्तरले पराजित गरेकी थिइन्।

    यसपालि आरएलडीको समर्थन भाजपालाई छ। त्यहाँ कंग्रेसले मुकेश धनगरलाई उम्मेदवार बनाएको छ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार