Sajha Post
सिन्धुपाल्चोक १ : माओवादीका माधव सापकोटालाई झिनो मतको अग्रता
nepatop

काठमाडौं । सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार माधव सापकोटाले झिनो मतको अग्रता लिएका छन् । एमाले उम्मेदवार सरेश नेपाललाई मात्र ४ मतले पछि पार्दै सापकोटाले अग्रता लिएका हुन् । माओवादीका सापकोटाले पहिलो पटक अग्रता लिएका हुन् ।

ताजा मतपरिणाम अनुसार सापकोटाले १८ हजार ३८५ मत पाएका छन् भने एमालेका नेपालले १८ हजार ३८१ मत पाएका छन् । यो क्षेत्रमा यसअघि सभामुख अग्नीप्रसाल सापकोटाले जितेका थिए भने सरेश नेपाल बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update