शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

स्याङ्जा २ र बाजुराको मत गणना गर्न आयोगलाई कांग्रेसको आग्रह

स्याङ्जा २ र बाजुराको मत गणना गर्न आयोगलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गर्नुभएको हो । 

साझा पोष्ट
मंगलबार, मंसिर १३ २०७९
  • images
    स्याङ्जा २ र बाजुराको मत गणना गर्न आयोगलाई कांग्रेसको आग्रह
    images

    काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गर्नुभएको हो । 


    images
    images

    त्यस्तै बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

    प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य शुरु गर्न आग्रह गरिएको बताए । स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको कांग्रेसको भनाइ छ । 

    निर्वाचनको समयावधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए । उनले  बाजुरामा पनि तुरुन्त मत गणना गर्नुपर्ने बताउनु भयो । 

    स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार रहेका उपसभापति गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनैपनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरु गर्नुपर्ने बताए । निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मत गणना गर्न निर्देशन दिने उनको विश्वास छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार