शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा नियुक्त

वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा नियुक्त

साझा पोष्ट
शनिबार, पुस २३ २०७९
  • images
    वेल्सका लागि पर्यटन सद्भावनादूतमा सापकोटा नियुक्त
    images

    काठमाडौं । सरकारले गैरआवासीय नेपाल सङ्घ एनआरएनएका पर्यटन संयोजक सोम सापकोटलाइ वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिज्म गुवविल एम्बेस्टर) नियुक्त गरेकाे छ । 


    images
    images

    नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावनादूतमा नियुक्त गरेको हो ।

    सापकोटालाई मन्त्रिस्तरीय निर्णयअनुसार सद्भावनादूत नियुक्त  गरिएको हो । सापकोटालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरे ।  

    सचिव अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध  सापकोटालाई सरकारले दिएको जिम्मेवारीबाट यो क्षेत्र  झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गरे । नवनियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह गर्ने बताए । 

    कार्यादेशसहित जिम्मेवारी लिएपछि अन्य मुलुकका सदभावनादूतसँग पनि समन्वय र सहकार्य गर्दै पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँगको साझेदारितामा सरकार–सरकारबीच प्रवर्धनात्मक अभियान चलाउने योजना बनाएको सापकोटाले बताए । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार