
काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नंबरको को डबल क्याप हाइलक्स आज बिहान साढे २ बजे वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले उनीहरूलाई अस्पताल लगिएकोमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्छन् ।पाँच जना सवारगाडी सडकबाट ७०–८० मिटर तल खसेको छ ।