शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

संघीय संसद अगाडि एक युवा व्यवसायीले गरे आत्मदाहको प्रयास

संघीय संसद अगाडि एक युवा व्यवसायीले गरे आत्मदाहको प्रयास

साझा पोष्ट
मंगलबार, माघ १० २०७९
  • images
    संघीय संसद  अगाडि एक युवा व्यवसायीले गरे आत्मदाहको प्रयास
    images

    काठमाडौं ।  नयाँ बानेश्वरको संघीय संसद भवन अगाडी एक युवकले आत्मदाहको प्रयास गरेका छन् । 


    images
    images

    मंगलबार दिउँसो इलामको पञ्चकन्याका प्रेम आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्‌ भवनबाट बाहिर निस्किने क्रममा उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

    देशमा भ्रष्टाचार व्याप्त रहेको र  केही गर्न नसक्ने अवस्था रहेकोले आफूले आत्मदाहको प्रयास गरेको उनले बताएका प्रहरी स्रोतले जनाएको छ । उनकाे  कीर्तिपुरस्थित बर्न अस्पतालमा  आईसीयूमा राखेर उपचार भइरहेको छ । उनी मान्छे चिन्न सक्ने अवस्थामा छन् । 

    घटनास्थलबाट चारवटा बोतल फेला परेको र आचार्यले प्रयोग गरेको ज्वलनशील पदार्थ एसीडजस्तो देखिएको पाइएको छ । उनी शान्तिनगरमा एक्लै बस्दै आएका थिए । उनले आत्मदाह प्रयास गरेको भिडिओमा उनी जल्दाजल्दै ढलेको देखिएको थियो ।

    ईलामको सूर्याेदय एग्रो इन्डष्ट्रिज एण्ड फार्म हाउसका सञ्चालक युवा उद्यमी आचार्यले आत्मदाहको प्रयास गर्नु अघि राम्रो गर्छु भन्दा पनि आफूले कतैबाट पनि सहयोग नपाएको र हुनुपर्ने काम पनि नभएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेका छन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार