शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

निर्णायक खेलमा चार खेलाडिको अर्धशतक

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
    images

    काठमाडौं । घरेलु मैदानमा संयुक्त अरब एमिरेन्ट्स युएईलाई हराउँदै  नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको छ। 


    images
    images

     डिएलमेथडका आधारमा यूएईलाई ९ रनले हराउँदै नेपालले जिम्बाबे यात्रा तय गरेको हो । खराब प्रकाशका कारण खेलको नतिजा डिएल मेथडबाट निकालियो र त्यो नेपालको पक्षमा भयो ।  नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ। 

    Cricket-team-nepal १1678970270.jpg

     जितका लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । खराब प्रकाशको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो। अम्पायरले खेल रोक्दै बेल झारेका थिए । तर युएईका खेलाडीले भने असन्तुष्ट जनाएका थिए ।

    कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको मद्दतले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।

    नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० र दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे ।गुलशनले ४२ औं ओभरमा गुलशन झाले मोहम्मद वासिमलाई तीन चौका र एक छक्का हान्दै कुल २० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो ।

    नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए ।  आरिफ शेखले ५२ रनको योगदान गरे । 

    cricket crowd1678970287.jpg

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३  सय १० रनको योगफल तयार पारेको थियो।  विष्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने। 

    छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा आउट भए। 


    नेपालका दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए। ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे। कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे। 

    दिपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए। सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट आफ्नो नाममा गरे।

    cricket croud 11678970307.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार