शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

उपराष्ट्रपतिमा रामसहाय 'इन' नन्दबहादुर 'आउट'

उपराष्ट्रपतिमा रामसहाय 'इन' नन्दबहादुर 'आउट'

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    उपराष्ट्रपतिमा रामसहाय 'इन'  नन्दबहादुर 'आउट'
    images

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।


    images
    images

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, निवर्तमान उपराष्ट्रपति नन्दबहाद पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

    uparastrapati21679289260.JPG

    यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो ।  निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए  । 

    uparastrapati1679289279.JPG

    कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनलाई बिदाई गरिएको छ । पुन दुई कार्यकाल उपराष्ट्रपति बनेर बिदा भएका हुन् । उनको कार्यकाल चैत ४ गते रातिदेखि सकिएको हो । 

    vice-prisedent-sapath1679288632.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार