शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

प्रचण्डका घरबेटीले जिम्मा लिएको भक्तपुर–नगरकोट सडकको ठेक्का तोडिँदै, सार्वजनिक सूचना जारी

प्रचण्डका घरबेटीले जिम्मा लिएको भक्तपुर–नगरकोट सडकको ठेक्का तोडिँदै, सार्वजनिक सूचना जारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले भक्तपुर–नगरकोट–सिपाघाट सडकखण्डको ठेक्का तोड्ने तयारी गरेको छ।   पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्का तोड्न आयोजना कार्यालयले सार्वजिनक सूचना निकालेको हो । 

साझा पोष्ट
सोमबार, चैत १३ २०७९
  • images
    प्रचण्डका घरबेटीले जिम्मा लिएको भक्तपुर–नगरकोट सडकको ठेक्का तोडिँदै, सार्वजनिक सूचना जारी
    images

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले भक्तपुर–नगरकोट–सिपाघाट सडकखण्डको ठेक्का तोड्ने तयारी गरेको छ। 


    images
    images

     पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्का तोड्न आयोजना कार्यालयले सार्वजिनक सूचना निकालेको हो । 

    निर्देशनालयले एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का पाएको अराभली इन्फ्रापावर लिमिटेड–शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि जेभी ताल्चिखेल, सुनाकोठीविरुद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन भनेको हो।  शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । प्रचण्डको घरबेटी भएकै कारण उनले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको आलोचना हुँदै आएको थियो ।

    कार्यालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको छ। उक्त सडक निर्माण गत पुस ३० भित्र पूरा भइसक्नुपर्ने थियो। 

    कार्यालयले काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन र जेभीसँग भएको सम्झौताका प्रावधान तोकेर ठेक्का तोड्नलागेको हो। अब १४ दिनभित्र कार्यालयमा उपस्थित नभए ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने र आवश्यक कदम चालिने सूचनामा भनिएको छ। 
    यो सडक ठेक्का लागेको वर्षौँसम्म काम सम्पन्न हुनसकेको छैन भने पटक पटक म्याद थपको काम भने सरकारले गरिदिएको छ। 

    यो सडकका ठेकेदार प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदा प्रसाद अधिकारी हुन्। वर्षौँ बित्दा पनि सडकको काम नभएपछि यहाँका स्थानीयबासी ठेकेदार अधिकारी र सरकारसँग आक्रोशित छन्।  

    गत फागुन १८ गते उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूत नविन श्रीवास्तवले स्थलगत अनुगमन गरेका थिए।  उनीहरुलाई स्थानीयबासीले घेरेका थिए। 

    स्थानीयबासीले प्रचण्डको घरभेटी भएकै कारण काम नगरे पनि म्याद थप्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए। मन्त्री श्रेष्ठले १ महिनाको समय माग गर्दै काम सम्पन्न नभए आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए। 

    सोहीअनुसार १४ दिने स्पष्टीकरण माग गरिएको हो। सडकको काम गर्ने भनेकै ९ वर्ष बित्दा ४–५ वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ। ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्य छ। बीच–बीचमा खाल्टाखुल्टी छन्। 

    यो सडकको ठेक्का सन् २०१४ मै लागेको हो। त्यसयता भारतीय एक्जिम बैंकसँग सफ्ट लोनको सम्झौता भई निर्माण भइरहेको छ। २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पु¥याइएको छ। सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा २८ करोडमा झरेको कन्स्ट्रक्सनले जनाएको छ। 

    nagarkot_sadak_thekka_notice1679900132.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार