बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

आईपीएल : कोलकातामाथि राजस्थानको शानदार जीत, जयसवालको किर्तिमानी ब्याटिङ

आईपीएल : कोलकातामाथि राजस्थानको शानदार जीत, जयसवालको किर्तिमानी ब्याटिङ

साझा पोष्ट
शुक्रबार, वैशाख २९ २०८०
  • images
    आईपीएल : कोलकातामाथि राजस्थानको शानदार जीत, जयसवालको किर्तिमानी ब्याटिङ
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा यशस्वी जयसवालको कीर्तिमानी ब्याटिङ गरेपछि राजस्थान रोयल्सले कोलकाता नाइटराइडर्सलाई सहजै जितेको छ ।
     राजस्थानले १५० रनको मध्यम लक्ष्य १४ औं ओभरमै भेट्दै कोलकातालाई ९ विकेटले हराएको हो ।


    images
    images

    राजस्थानका लागि यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए ।

    पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरे । आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

    कोलकाताका लागि वेंकटेस ऐयरले सर्वाधिक ५७ रन बनाए भने नितिश राणाले २२ रन बटुले । बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार