शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

आईपीएलः हैदराबादलाई हराउँदै लखनउ प्लेअफ नजिक

आईपीएलः हैदराबादलाई हराउँदै लखनउ प्लेअफ नजिक

साझा पोष्ट
शनिबार, वैशाख ३० २०८०
  • images
    आईपीएलः हैदराबादलाई हराउँदै लखनउ प्लेअफ नजिक
    images

    काठमाडौं । सनराईजर्स हैदराबादलाई हराउँदै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ नजिक पुगेको छ । 


    images
    images

    हैदराबादको घरेलु मैदान राजीव गान्धि क्रिकेट स्टेडियममा लखनउ ७ विकेटले विजयी भएको हो । जितसँगै बाह्र खेलमा ६ जित तथा ५ हारका साथ लखनउ १० टोली सहभागी लिगको चौथो स्थानमा उक्लिएको छ ।


    हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य लखनउले १९ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । लखनउका लागि प्रेरक माकन्डले ४५ बलमा ७ चौका र २ छक्काको हान्दै नटआउट ६४ रनको योगदान गरे । 
    निकोलस पुरनले १३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा शानदार नटआउट ४४ रन जोडे । 

    यस्तै मार्कस स्टोईनेसले २५ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाए । क्वीन्टन डि ककले २९ रन जोडे । हैदराबादका लागि ग्लेन फिलिप्स,मंयक मारकन्डे र अभिषेक शर्माले समान १-१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । हैदराबादका लागि हेनरिच क्लेसनले २९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए ।  अनमोलप्रित सिंहले २७ बलमा ७ चौकाको सहयोगमा ३६र अब्दुल समादले ४० बलमा ५८ रन जोडे । 

    कप्तान ऐडन माक्ररमले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए । राहुल त्रिपाटीले १३ बलमा ४ चौकाको सहयोगमा २० रन बनाए । लखनउका लागि कप्तान कुर्नाल पान्ड्याले २ तथा अमित मिश्रा,यश ठाकुर,युधविर सिंह र आबेस खानले समान १-१ विकेट लिए । एघार खेलमा ४ जित तथा ७ हारका साथ हैदराबाद नवौं स्थानमा कायम  छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार