शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

महासचिव पोख्रेलज्यू, निरोे बाँसुरी बजाइरहेका थिएनन्, ओली जलहरी हालिरहेका थिए 

महासचिव पोख्रेलज्यू, निरोे बाँसुरी बजाइरहेका थिएनन्, ओली जलहरी हालिरहेका थिए 

एमाले महासचिव शंकर पोखरेलले रोमका शासक निरोको बाँसुरीलाई प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँग तुलना गरेका छन् । दाहालको शाकसीय नालायकी छताछुल्ल भएको छ । तर शंकर पोखरेल गलत तथ्य लिएर सामाजिक सञ्जालमा उपस्थित भएका छन् । यसले समाजलाई भ्रमित पार्ने मात्रै होइन, इतिहासलाई पनि अन्याय गर्दछ । 

साझा पोष्ट
आइतबार, जेठ १४ २०८०
  • images
    महासचिव पोख्रेलज्यू, निरोे बाँसुरी बजाइरहेका थिएनन्, ओली जलहरी हालिरहेका थिए 
    images

    एमाले महासचिव शंकर पोखरेलले रोमका शासक निरोको बाँसुरीलाई प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँग तुलना गरेका छन् । दाहालको शाकसीय नालायकी छताछुल्ल भएको छ । तर शंकर पोखरेल गलत तथ्य लिएर सामाजिक सञ्जालमा उपस्थित भएका छन् । यसले समाजलाई भ्रमित पार्ने मात्रै होइन, इतिहासलाई पनि अन्याय गर्दछ । 


    images
    images

    पोखरेलले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ । भ्रमणमा ९भारत० जानुअघि उसको चाहना के छ भनेर बुझेर काम गर्न खोजिरहेको नेपाल सरकारले यसरी नै नपाली जनताको चाहना के छ भन्ने बुझेर काम गरेको भए आज मुलुकको हालत यति संकटग्रस्त हुने थिएन होला । तीन वर्षअघि विश्वका तीब्रतम विकास गर्ने दश मुलुमध्येमा परेको नेपाल यतिबेला तलबभत्ता खुवाउन मुस्किल हुने अवस्थामा पुगेको छ । तर पनि सत्तापक्ष आफ्नो वर्तमानको कमजोरीको समीक्षा गर्न होइन, विगतप्रति कटाक्ष गर्न समय व्यतित गरिरहेको छ । सायद यस्तै अवस्थालाई भनिएको होला, रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ ।’ 

    यति सानो लेखाइमा कम्तीमा २० ठाउँमा अशुद्ध व्याकरण प्रस्तुत शंकर पोखरेलले नेपाली भाषाप्रति त हमला गरेका छन् नै, रोमको इतिहासलाई बङ्ग्याएर नाङ्गो बौद्धिकता प्रदर्शन गरेका छन् । वास्तविकता के हो भने देश कोरोनाबाट आक्रान्त भइरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले चितवनमा रामन्दिर बनाउने र पशुपतिनाथमा अरब रुपैयाँ खर्च गरेर सुनको जलहरी किन लगाए भनेर प्रश्न गर्नु अहिले पनि सयौं गुना जायज छ । 

    निरो को थिए ? 
    निरो सन् ५४ देखि ६८ सम्म रोमन साम्राज्यका सम्राट थिए । उनको पूरा नाम नीरो क्लाउडियस सीजर अगस्टस जर्मनिकस थियो । उनी सम्राट क्लाउडियसका सौतेनी छोरा थिए । जम्मा १७ वर्षको उमेरमा रोमन सम्राट भएका उनी केही खराब आनीबानी भएका व्यक्ति थिए । उनी विलासी र संगीतका शैखिन थिए र जनताप्रति जिम्मेवार थिएनन् । 

    सन् ६४ को गर्मीयाममा रोम शहरमा भीषण आगलागी भयो र उक्त आगो ६ दिनसम्म रह्यो । आगलागीका कारण रोम शहरको आधा जनसंख्या विस्थापित भयो । आगलागीबाट शहरका ७० प्रतिशत घरहरु जलेर नष्ट भएका थिए । त्यो समयमा कतिपयले यस्तो हल्ला फैलाए कि सम्राट निरोले आफूले चाहेको जस्तो शहर बनाउनको लागि आगो लगाउने आदेश दिए । कुरा त्यस्तो नभई जलेपछिको रोमको पुननिर्माणमा निरोले योगदान गरे । 

    सम्राट निरोले रोमको पुनर्निमाण थाले र पहिले भन्दा राम्रो शहरको निर्माणमा आफूलाई समर्पित गरे । फराकिला सडक, भव्य दरबारहरु र अन्य भौतिक संरचनाहरु बनाए । त्यसको लागि जनताबाट ठूलो मात्रामा कर उठाइयो । त्यहाँको सिनेटले उनलाई जनताको शत्रु घोषित गरिदियो । त्यसपछि उनको शासकीय जीवन समाप्त भयो ।  

    बाँसुरी बजाई के हो ?
    निरोको बाँसुरी बजाईलाई धेरै नेताहरुले प्रयोग गर्ने गर्दछन् । रोम जलिरहेको समयमा निरो बाँसुरी बजाएर बसिरहेका थिए । देशका ठूला समस्या पञ्छाएर मनोरञ्जन लिइरहेको अर्थमा निरोको बाँसुरी प्रयोगमा ल्याउने चलन नेपालमा व्यापक बनेको छ । 

    niro1685243429.jpg

    जब रोममा आगलागी भयो, त्यतिबेला निरो रोममा थिएनन् । उनी रोमभन्दा बाहिर गएका थिए । रोममा आगलागी भएपछि उनी तुरुन्तै रोम फर्किए र घाइतेहरुको उद्धारमा लागे । पीडितहरुको राहत र पुनस्र्थापना गरे । निरोले क्रिश्चियनहरुलाई आगलागीको दोष दिए । धेरै क्रिश्चियनहरुलाई कडा सजाय पनि दिइयो । रोम जलेपछि निरो केही गम्भीर बने । जनताको राहत, पुनर्स्थापना, र पुनर्निर्माणमा लागे ।  

    निश्चय पनि निरो लोकप्रिय सम्राट थिएनन् । नेताहरुले निरोलाई रोम जलिरहँदा बाँसुरी बजाएर बसेका थिए भन्ने गर्दछन्, त्यो गलत कुरा हो । निरो आगलागीको समयमा रोममै थिएनन् । अर्को कुरा त्यो समयमा बाँसुरीको आविस्कार भएकै थिएन । बाँसुरीको आविस्कारको लागि थप हजार वर्ष लागेको थियो । निरो एक संगीतप्रमी व्यक्ति थिए । उनले विभिन्न बाजाहरु बजाउँथे । उनी शासकीय कमजोरीसहितका व्यक्ति भए पनि संगीतप्रेमी हुनु र बाजाहरु बजाउनु उनको दोष होइन । रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेका थिए भन्ने गलत भाष्य धेरै पछि बनाइएको हो । अहिले शंकर पोखरेलहरू त्यही लेखेर बसिरहेका छन् । 

    oli ram sita1685244120.jpg

    विश्वलाई तहसनहस बनाएको कोरोना ( कोभिड- २०१९)ले मुलुक आक्रान्त थियो । विश्वमा झण्डै ६९ लाख मान्छेको कोभिडकै कारण ज्यान गयो । नेपालमा हजारौं जना औषधि र अक्सिजन नपाएर मरिरहेका थिए । लाखौंलाखले रोजगारी गुमाइरहेका थिए । देशमा औषधिमा अरबौं भ्रष्टाचार, खोपमा अरबौं भ्रष्टाचार भएको थियो । बहालवाला प्रधानमन्त्री केपी ओलीको आदेशमा एक अरब खर्च गरेर पशुपतिनाथमा सुनको जलहरी राखिएको थियो । चितवनमा राममन्दिर बनाउन करोडौं रुपैयाँ खर्च गरियो । जनताको करको दुरुपयोग यसरी गरियो कि, अरबौं आम्दानी हुने पशुपतिनाथ मन्दिरमा एक क्वीन्टल सुन लगेर राखियो । 

    जनताको आवश्यकता औषधि, खाद्यान्न थियो कि पशुपतिनाथमा एक क्वीन्टल सुनको जलहरी र चितवनको राममन्दिर ? नेपाली जनताले यस्ता प्रश्नको हिसाव एक एक गरेर केपी ओली र शंकर पोखरेलहरुसँग खोज्नुपर्दछ । तर रोमका सम्राट निरोको जस्तै इतिहास बङ्ग्याउनु हुँदैन, पर्दैन । पुष्पकमल दाहालहरुसँग खोज्ने हिसाबकिताब अलग्गै छन् । इतिहास बाङ्गो नबनाइकन, स्वेतपत्र जारी गरेर पनि ओली र दाहालका भ्रष्टाचार र कुशासनका हिसाब निस्किन्छन् । आजभन्दा झण्डै दुई हजार वर्ष अगाडिका सम्राट निरोको उदाहरण दिनै पर्दैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार