शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

' नेपालको विद्युत् बंगलादेश लैजान दिन भारत सकारात्मक'

' नेपालको विद्युत् बंगलादेश लैजान दिन भारत सकारात्मक'

काठमाडौं । भारतको भूमि हुँदै नेपालको विद्युत् बंगलादेश लैजान भारत सकारात्मक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।दुवै मुलुकका प्रधानमन्त्रीहरुको संयूक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । उनले भने ‘नेपालको विद्युत् बंगलादेश निर्यातका लागि भारतले सुविधा दिन इच्छुक देखिएकोमा म प्रशंसा गर्दछु ।’

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    ' नेपालको विद्युत् बंगलादेश लैजान दिन भारत सकारात्मक'
    images

    काठमाडौं । भारतको भूमि हुँदै नेपालको विद्युत् बंगलादेश लैजान भारत सकारात्मक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।


    images
    images

    दुवै मुलुकका प्रधानमन्त्रीहरुको संयूक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । उनले भने ‘नेपालको विद्युत् बंगलादेश निर्यातका लागि भारतले सुविधा दिन इच्छुक देखिएकोमा म प्रशंसा गर्दछु ।’

    नेपालबाट बंगलादेशमा ५० मेगावाट बिजुली लैजाने सम्झौता भएको दाहालले स्मरण गराउँदै छिट्टै यससम्बन्धी त्रिदेशीय सम्झौता हुने विश्वास व्यक्त गरे ।

    भारतले नेपालबाट हाल ४५२ मेगावाट बिजुली लिइरहेकोमा दाहालले माथिल्लो तामाकोसीको ४५६ मेगावाटसहित १२ सय मेगावाट विद्युत् भारतले खरिद गर्नेगरी स्वीकृति दिन आग्रह गरे । यसमा प्रधानमन्त्री मोदी सकारात्मक रहेको प्रचण्डले बताए । 

    पत्रकार सम्मेलनमा मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् लिन तयार रहेको प्रतिबद्धता जनाए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा ४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको निर्माण सम्झौता भएको छ ।

    भारतीय कम्पनी सतलज जलविद्युत् निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार