आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

सडक अनुशासन: हामी सुध्रिने कहिले ? (फोटो फिचर)

सडक अनुशासन: हामी सुध्रिने कहिले ? (फोटो फिचर)

काठमाडौं । व्यस्त सडक छ । पैदलयात्रीका लागि आकाशे पुल बनाइएको छ । तर, पैदलयात्रु आकाशे पुल र जेब्रा क्रसिङको समेत प्रयोग नगरी गुडिरहेका गाडी छलेर सडक पार गर्न खोज्छन् । तिनै अटेरी पैदल यात्रुलाई तह लगाउन हातमा प्ले कार्ड बोकेर उभिएका छन् प्रहरी हवल्दार ताराराम दयाल  ।

साझा पोष्ट
आइतबार, साउन १४ २०८०
  • images
    सडक अनुशासन: हामी सुध्रिने कहिले ? (फोटो फिचर)
    images

    काठमाडौं । व्यस्त सडक छ । पैदलयात्रीका लागि आकाशे पुल बनाइएको छ । तर, पैदलयात्रु आकाशे पुल र जेब्रा क्रसिङको समेत प्रयोग नगरी गुडिरहेका गाडी छलेर सडक पार गर्न खोज्छन् । तिनै अटेरी पैदल यात्रुलाई तह लगाउन हातमा प्ले कार्ड बोकेर उभिएका छन् प्रहरी हवल्दार ताराराम दयाल  ।


    images
    images

    paidal_51690687931.JPG

    यो काठमाडौं नयाँ बानेश्वरको दृश्य हो । नयाँ बानेश्वरबाट थापागाउँतर्फ जाने बाटोमा पैदलयात्रुलाई आकाशे पुलको अभ्यास गराउन प्रहरीले अभियान चलाइरहनु परिरहेको छ । 'आकाशे पुलको प्रयोग गरौं, आफ्नो यात्रा सुरक्षित गरौं' लेखिएको प्ले कार्ड बोकेर साउन ७ गतेदेखि यसरी उभिइरहेको उनले सुनाए ।
    आकाशे पुलको प्रयोग नगर्ने पैदल यात्रुले बाटो अवरोध गरेर आवागमन नै प्रभावित पारिदिँदा ट्राफिक प्रहरी र नेपाल प्रहरीले निकै सास्ती ब्यहोर्दै आएको छ । जसले दुर्घटनाको जोखिम समेत बढाइरहेको छ ।  

    police_paidal1690694364.jpg
    आकाशे पुल र जेब्रा क्रसिङ हुँदा पनि पैदलयात्रुले त्यसको प्रयोग नगर्दा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सामुदायिक प्रहरीसँगको समन्वयमा ‘आकाशे पुलको प्रयोग गरौं’ अभियान चलाइरहेको हो । 
    उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका आकाशे पुल र जेब्रा क्रसिङ भएका स्थानमा अहिले जनशक्ति खटाएर पैदल र सवारीको यात्रालाई सुरक्षित पार्न प्रयास गरिरहेको हो । जथाभावी सडक पार गर्ने बानी बसेका कारण कार्यान्वयनमा चुनौती देखिन्छ । तर, ट्राफिक प्रहरी र सामुदायिक प्रहरी दुर्घटना न्युनिकरणका लागि आकाशे पुल र जेब्रा क्रसिङको प्रयोग अनिवार्य गराउनुपर्ने निष्कर्षमा पुगेको छ । 

    padal_21690687763.png

    प्रहरीले सिटी फुकेर आकाशे पुल हुँदै बाटो काट्नुस् भनिरहँदा पनि पैदल यात्रुले अटेर गर्दा प्रहरीले यस्तो गर्नुपरेको छ । अर्थात न्युनतम् सडक सुरक्षा  पालनामा समेत हाम्रो ध्यान छैन ।  जसले गर्दा प्रहरीका लागि यो अतिरिक्त काम भैरहेको छ र त्यसका लागि जनशक्ति परिचालन गर्नुपरेको छ । प्रश्न उभिएको छ– हामी कहिले सुध्रिने ? 

    paidal_41690687829.png

    paidal_71690687952.png

    paidal31690687800.png

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार