मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सुष्मा लामाको हत्या आरोपमा एक युवक पक्राउ

सुष्मा लामाको हत्या आरोपमा एक युवक पक्राउ

साझा पोष्ट
आइतबार, चैत ४ २०८०
  • images
    सुष्मा लामाको हत्या आरोपमा एक युवक  पक्राउ
    images

    काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    images
    images


    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुस्माको हत्यामा संलग्न रहेको को आरोपमा  तारेभिर बस्ने  २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो । तारेभिर घर भई बुढानिलकण्ठ माविमा कक्षा १२ मा पढ्ने सुस्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएपछि सम्पर्कबिहीन भएकी थिइन् ।उनको परिवारले उनी हराएको भन्दै खोजी गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।

    images
    images

    खोजीका क्रममागत फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीया लामाको शव फेला पारेको थियो।

    शव गाडिएको अवस्थामा जंगलमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै प्रहरीले उनको शव डोरीले बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको हत्या भएको हुन सक्ने आंशका अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार  प्रेमका  कारण हत्या गरिएको  अनुसन्धानबाट खुलेको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार