मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

पोखरा मुलुकको पर्यटकीय राजधानी घोषणा

पोखरा मुलुकको पर्यटकीय राजधानी घोषणा

साझा पोष्ट
आइतबार, चैत ४ २०८०
  • images
    पोखरा मुलुकको पर्यटकीय राजधानी घोषणा
    images

    काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ ।

    images
    images

    आइतबार पोखरा महोत्सवका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम  भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरे  ।
    राजधानी घोषणा  नहुँदा पनि पोखरा  पर्यटकको प्रमुख आकर्षक गन्तव्य हो ।र, आजदेखि मुलुकै पर्यटनको लागि राजधानी भनेर सरकारबाट घोषणा भएको छ ।

    images
    images

    कार्यक्रममा  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।

    उनले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको धारणा राखे । उनले विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको दाबी गरे ।

    ‘पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति गठन गरिएको थियो । समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको थियो । सम्पूर्ण निकायहरुको संस्थागत निर्णय र सिफारिसको आधारमा घोषणा गरिएको हो’, उनले भने ।

    प्रतिक्रिया हरु
    थप समाचार