मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

आजदेखि रिडी-तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने

आजदेखि रिडी-तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने

साझा पोष्ट
बुधबार, चैत ७ २०८०
  • images
    आजदेखि रिडी-तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने
    images

    बुटवल । आजदेखि गुल्मीको रिडी–तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ ।

    images
    images

    मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो ।

    images
    images

    उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन् ।

    सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ ।

    सडकको ७.७५ किलोमिटर चौडा पारिँदैछ । अहिले भएको सडक निकै साँघुरो र कालोपत्रे पनि भत्किंदै गएको थियो । 

    प्रतिक्रिया हरु
    थप समाचार