मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

परराष्ट्रमन्त्री  श्रेष्ठ आज चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री  श्रेष्ठ आज चीन भ्रमणमा जाँदै

साझा पोष्ट
आइतबार, चैत ११ २०८०
  • images
    परराष्ट्रमन्त्री  श्रेष्ठ आज चीन भ्रमणमा जाँदै
    images

    काठमाडौं  । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैछन् ।

    images
    images

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् ।

    images
    images

    श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

    साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    उपप्रधानमन्त्री श्रेष्ठ यही चैत १९ गते स्वदेश फर्किने कार्यतालिका  छ । नौ दिनको भ्रमणमा जान लागेपछि मन्त्री श्रेष्ठको आलोचना भैरहेको छ । अनावश्यक लामो भ्रमण हुनु ठिक नहुने भन्दै कुटनीतिक मामिलाका जानकारहरुले प्रश्न उठाएपनि मन्त्रीले यसबारे बोलेका छैनन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार