शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

ढोलाहिटी ग्याङफाइट: खाजाघर सञ्चालकले नै चक्कु हानेको अनुसन्धानबाट खुल्यो

ढोलाहिटी ग्याङफाइट: खाजाघर सञ्चालकले नै चक्कु हानेको अनुसन्धानबाट खुल्यो

साझा पोष्ट
सोमबार, चैत १२ २०८०
  • images
    ढोलाहिटी ग्याङफाइट:  खाजाघर सञ्चालकले नै चक्कु हानेको अनुसन्धानबाट खुल्यो
    images

     काठमाडौं। ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुई जनाको ज्यान जाने गरी भएको घटना रिसइबी र मदिरा सेवनका कारण भएको खुलेको छ ।


    images
    images

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मदिरा सेवनका क्रममा दुई समूहका युवाबीच सामान्य विषयमा विवाद सिर्जना हुँदा चक्कु हानाहान भएको र दुई जनाको मृत्यु भएको हो ।घटनामा खाजाघर सञ्चालकले नै दुई जनामाथि चक्कु प्रहार गरेको खुलेको छ ।प्रहरीका अनुसार डि पोपिना खाजाघरका सञ्चालक ३१ वर्षीय विजय राईको चक्कु प्रहारबाट रोबस राई र पूजन राईको मृत्यु भएको हो ।

    आइतबार राति दुई समूहका युवाहरु होलीमा रङ खेलेर राति खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेका थिए । सोही क्रममा उनीहरुले मदिरा सेवन गरेका थिए ।राति १० बजेतिर भएको झडपमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । मृतकहरु दुवै जना फरक फरुक समूहका रहेको एसपी नरेशराज सुवेदीको भनाइ छ ।

    रोबसको समूह राति मदिरा सेवन गर्न डी पोपिना खाजा घरमा पुगेको थियो । पुजन राईको अर्को समूह पहिल्यैदेखि मदिरा सेवन गरेर बसेको थियो । पुजनको समूहले रोबसको समूहलाई मदिरा सेवन गरेको बेला हेपेको र ‘घर जा’ भन्दै धकेल्न थालेपछि विवाद सुरु भएको देखिएको एसपी सुवेदीले बताए ।विवाद भएपछि रोबसको समूहका युवाले ९ बजेर ५८ मिनेटमा रोबसलाई फोन गर्दै तत्कालै खाजा घरमा बोलाएका थिए । रोबस खाजाघरमा पुगेपछि दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । 

    घटनाबारे जानकारी पाउनासाथ अनुसन्धानमा खटिएको टोलीले बिहानीपख साढे ४ बजेसम्म १८ जनालाई पक्राउ गरेको छ । उनीहरु सबैले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । स्थानीयसँग प्रहरीले सोधपुछ गर्दा कसैले पनि घटनाबारे जानकारी नभएको बताएका छन् । खाजाघर सँगैको अर्को सटरमा रहेका व्यक्तिले समेत घटनाबारे आफूहरुलाई केही जानकारी नभएको बताएका छन् ।मोबाइल लोकेसन तथा कल डिटेल रिपोर्ट, सिसी टिभी फुटेज मार्फत प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार