बिहीबार , वैशाख २७ गते २०८१
Logo
बिहीबार , वैशाख २७ गते २०८१

प्राथमिक तह तृतीय श्रेणीमा ४ हजार ४६२ शिक्षकका लागि जागिर खुल्यो

प्राथमिक तह तृतीय श्रेणीमा ४ हजार ४६२ शिक्षकका लागि जागिर खुल्यो

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    प्राथमिक तह तृतीय श्रेणीमा ४ हजार ४६२ शिक्षकका लागि जागिर खुल्यो
    images

    काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ ।


    images
    images

    शिक्षक सेवा आयोगले शनिबार सातै प्रदेशका लागि विभिन्न समूहमा विज्ञापन खोलेको हो । 

    सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३, कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको छ ।

    खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई(मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।

    योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  www.online.tsc.gov.np  बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार