आइतबार, वैशाख १६ गते २०८१
Logo
आइतबार, वैशाख १६ गते २०८१

हाइस्कोर म्याचमा मुम्बई ३१ रनले पराजित, हैदरावादको पहिलो जित

हाइस्कोर म्याचमा मुम्बई ३१ रनले पराजित, हैदरावादको पहिलो जित

साझा पोष्ट
बुधबार, चैत १४ २०८०
  • images
    हाइस्कोर म्याचमा मुम्बई ३१ रनले पराजित, हैदरावादको पहिलो जित
    images

    काठमाडौं । सनराइजर्स हैदरावादले आईपीएल २०२४ मा पहिलो जित दर्ता गरेको छ । बुधवार राति सकिएको हाइस्कोर म्याचमा हैदरावादले मुम्बई इन्डियन्सलाई रनले पराजित गर्यो । पहिले ब्याटिंग गरी २ सय ७७ रनको कीर्तिमानी स्कोर खडा गरेको हैदरावादले मुम्बईलाई रनमा रोक्यो । मुम्बईको यो लगातार दोस्रो हार हो ।


    images
    images

    हैदरावादले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २ सय ४६ रन मात्रै बनाउन सक्यो । उसका लागि सबैभन्दा धेरै तिलक बर्माले ३४ बलमा ६४ रन बनाए । उनले ६ छक्का र २ चौका हाने । यस्तै टिम डेविड ४२ रनमा नटआउट रहे । उनले ३ छक्का र २ चौका हाने । यस्तै ईशान किशनले १३ बलमा ४ छक्काको मद्दतले ३४, रोहित शर्माले १२ बलमा ३ छककासहित २६, नमन धीरले १४ बलमा ३०, हार्दिक पाण्ड्याले २० बलमा २४ रन बनाए । यस्तै रोमारियो सेफर्ड ६ बलमा १५ रन बनाएर नटआउट रहे । हारेपनि मुम्बईले २० छक्का र १२ चौका हान्यो । 


    यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिंग गरेको सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर खडा गर्यो ।  हैदरावादले २० ओभरमा २ सय ७७ रन बनायो । यसअघि यो कीर्तिमान रोयल च्यालेञ्जर्स बेंगलोरका नाममा थियो । आरसीबीले सन् २०१३ मा पुने वारियर्सविरुद्ध २ सय ६३ रन बनाएको थियो । तर ११ वर्षपछि हैदरावादले रेकर्ड तोड्यो । 
    टस हारेर ब्याटिंग गरेको हैदरावादका ब्याटरले मुम्बईका बलरको धुलाई गरे । हैदरावादका लागि हेनरिक क्लासेनले ३४ बलमा नटआउट ८०, ऐडिन मारक्रमले २८ बलमा ४२ नटआउट रन जोडे ।

    क्लासेनले ७ छक्का र ४ चौका हाने । यस्तै अभिसेक शर्माले आउट हुनु अघि २३ बलमा ७ छक्का र तीन चौकाको मद्दतले ६३ तथा टे«भिस हेडले २४ बलमा ६२ रन बनाए । उनले नौ चौका र तीन छक्का हाने । जसप्रित बुमराहसहित मुम्बईका सबै बलर महंगा सावित भए । मुम्बईका बलरले १८ छक्का र १९ चौका खाए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार