शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

कांग्रेस सांसद  टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

कांग्रेस सांसद  टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

साझा पोष्ट
शुक्रबार, चैत १६ २०८०
  • images
    कांग्रेस सांसद  टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ।


    images
    images


    न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले शुक्रबार सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो। भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए ।


     गुरुङको निलम्बन फुकुवा भएसँगै कांग्रेसमा अब एक सांसद थपिएको छ ।मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङलाई गत पुस १२ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

    भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्।


    उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    कुनै पनि सार्वजनिक पदाधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएमा स्वतः निलम्बन हुने भ्रष्टाचार निवारण ऐनको व्यवस्था छ। उक्त कानुनी व्यवस्था कार्यान्वयन गराउन अख्तियारले २०७९ पुस ८ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो।

    विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई २०७९ फागुन १६ गते भ्रष्टाचारी ठहर गरेको थियो।

    बद्रीप्रसाद न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रूपैयाँ भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो। गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार