बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

युद्धविराम गर्न इजरायललाई अमेरिकाको दबाब, अन्यथा सहयोग नगर्ने चेतावनी

युद्धविराम गर्न इजरायललाई अमेरिकाको दबाब, अन्यथा सहयोग नगर्ने चेतावनी

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    युद्धविराम गर्न इजरायललाई अमेरिकाको दबाब, अन्यथा सहयोग नगर्ने चेतावनी
    images

    काठमाडौं । अमेरिकाले कुनै विलम्ब नगरी तत्काल युद्धविराम गर्न इजरायललाई दबाब दिएको छ ।


    images
    images

    राष्ट्रपति जो बाइडेनले फोन मार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि थप प्रयास गर्न भनेका हुन् । अन्यथा हमासविरूद्धको लडाईंमा सहयोग नगर्न सक्ने चेतावनी पनि बाइडेनले दिएका छन्् । 
    अमेरिकाका राष्ट्रपति जो बाइडेनले गजामा त्यहाँका नागरिकहरूसँगै मानवीय सहायता लिएर जानेहरूको सुरक्षा सुनिश्चित नगरेको भन्दै इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुलाई आगामी दिनमा अमेरिकी सहयोग नहुन सक्ने चेतावनी दिएका हुन्।

    समाचार संस्था रोयटर्सका अनुसार बिहीबार राष्ट्रपति बाइडेनले इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुसँग आधा घन्टा टेलिफोन संवाद गरेका थिए।

    त्यस क्रममा बाइडेनले गजामा नागरिकहरू नमारिने र उनीहरूलाई क्षति नपुग्ने अवस्था र त्यहाँ मानवीय सहायता अभियान चलाइरहेका सहयताकर्मीहरूको सुरक्षाका लागि ठोस कमदको घोषणा र कार्यान्वयन गरिहाल्न प्रधानमन्त्री नेतेन्याहुलाई चेतावनी दिएको ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले बताए। 

    इसराइली प्रधानमन्त्री नेतेन्याहुसँग राष्ट्रपतिको टेलिफोन वार्तापछिको प्रेस ब्रिफिङमा किर्बीले इसराइल केही दिनमै बाइडेनले भनेअनुसारका कदम चाल्छ भन्नेमा वासिङटन विश्वस्त रहेको बताए। 

    अन्यथा  इसराइल नीति परिवर्तन गर्न अमेरिका वाध्य हुने उनले बताएको रोयटर्सले उल्लेख गरेको छ। नीतीमा कस्तो परिवर्तन हुन्छ भन्नेबारेमा उनले थप बताएनन्।

    'केही घन्टा नभए केही दिनमै उहाँहरूले सकारात्मक कदम चाल्नुहुन्छ भन्नेमा विश्वस्त छौं,' उनले भने। 
    गत सोमबार गजामा मानवीय सहायता लिएर पुगेको वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसिके)का ७ जना स्वयंसेवकहरू इसराइली हवाई आक्रमणमा मारिएका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार