शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

रुख काट्ने गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जना विरुद्ध मुद्दा

रुख काट्ने गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जना विरुद्ध मुद्दा

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    रुख काट्ने गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जना विरुद्ध मुद्दा
    images

    पोखरा । विद्यालयभित्र रहेका रूख कानून विपरित काटेर बिक्री गरिएको भन्दै पोखराको गण्डकी बोडिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ 

    images
    images
    images

    विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापक वीरेन्द्र खड्कासहित ८ जना विरुद्ध   डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
    खड्कासहित ८ जनालाई १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजाय माग दाबी गरिएको छ । पोखरा–१६ का खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र शुक्लागण्डकी–९ का यज्ञराज शर्माविरुद्ध गत २७ गते मुद्दा दायर गरिएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

    images
    images

    पोखरा–१६ स्थित सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ, सल्लालगायतका रुखहरु काटेर बिक्री गरिएको वन कार्यालयले जनाएको छ । 


    बोर्डिङ स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्निचरमा बिक्री गरेको भन्ने उजुरीपछि जाँचबुझ एवं अनुसन्धान गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्राबास र कम्पाउण्ड बालसँग जोडिएका सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूख काटिएको पाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।

    वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी कटान गरेको, रुखहरूबाट उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेशनबाट लिलाम बढाबढ गरी  ६० हजारमा बिक्री गरेको अभियोग छ । गण्डकी प्रदेश वन ऐन, २०८० को दफा ६६ कोसमेत उल्लंघन गरेको अनुसन्धानबाट पुष्टि भएको पाइएको बताइएको छ । 

    प्रधानाध्यापक वीरेन्द्र खड्कासमेतले रूख हटाउने स्वीकृती नलिई रूख कटान गरी दाउरा बेचबिखन गरेको भन्दै ३ लाख ७९ हजार ४०० बराबरको वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा उल्लेख छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार