बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

किन भयो इजरायलमाथि आक्रमण ? यस्तो छ इरानी सेनाको दाबी

किन भयो इजरायलमाथि आक्रमण ? यस्तो छ इरानी सेनाको दाबी

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    किन भयो इजरायलमाथि आक्रमण ?  यस्तो छ इरानी सेनाको दाबी
    images

    काठमाडौं । इरानले गएराति २ सय भन्दा बढी ड्रोन आक्रमण गर्यो । यसले विश्वमा नयाँ तरंग र तनाव हुने अवस्था सिर्जना भएको छ । तर इरानले आक्रमणको औचित्य पुष्टि गर्ने कोशिस गरेको छ । इरानले आक्रमण किन भयो भनेर प्रष्टिकरण दिएको छ । इरानी सेनाले विज्ञप्ति जारी गर्दै इजरायलको ‘निरन्तर अपराध’विरुद्ध आक्रमण गरिएको बताएको छ।


    images
    images

    इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमण इजरायलले गरेको आरोप लगाएको छ। इरानले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणलाई ‘अपरेसन ट्रु प्रमिस’ नाम दिइएको छ।
    विज्ञप्तिमा आक्रमणको प्रकारको जानकारी दिइएको छैन।अहिलेसम्म प्राप्त जानकारी अनुसार इरानको वायुसेनाले इजरायलतर्फ दर्जनौँ मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ।


    अप्रिलको पहिलो दिन सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो।

    जसमा एक वरिष्ठ इरानी कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो।मारिनेमा इरानको एलिट कुड्स फोर्सका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी ब्रिगेडियर जनरल मोहम्मद हादी हाजी रहिमी छन्।

    उक्त आक्रमणमा इजरायलको हात रहेको इरानको दाबी छ। इजरायलले भने आक्रमणको प्रत्यक्ष जिम्मेवारी लिएको छैन।तर, इरानले यो हमलाको बदला लिने बताएको थियो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार