बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

जिप र माइक्रोबस ठोक्किंदा पोखरामा ८ चिनियाँ नागरिक घाइते

जिप र माइक्रोबस ठोक्किंदा पोखरामा ८ चिनियाँ नागरिक घाइते

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    जिप र माइक्रोबस ठोक्किंदा पोखरामा ८ चिनियाँ नागरिक घाइते
    images

    काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् ।


    images
    images

    शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस ज बिहान ४ः४० बजे राष्ट्रक बैंक चोकमा ठोक्किएका हुन् । 

    दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकमध्ये ८ जना घाइते भएका छन् ।घाइतेलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

    स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालकमात्र थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार