बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

देउवा–माधवबीच भेटवार्ता, सुदूरपश्चिममा सोडारीलाई सघाउन कांग्रेस तयार

देउवा–माधवबीच भेटवार्ता, सुदूरपश्चिममा सोडारीलाई सघाउन कांग्रेस तयार

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    देउवा–माधवबीच भेटवार्ता, सुदूरपश्चिममा सोडारीलाई सघाउन कांग्रेस तयार
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ ।


    images
    images

    नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुकी ६ बजेदेखि करिब डेढ घण्टा छलफल भएको हो । छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित रहेको स्रोतले जनाएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ । 

    सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएको छ । तर दीर्घ सोडारीलाई एमालेले नमान्ने अडानमा छ । एमाले सकारात्मक नभएपछि माधव नेपालले देउवालाई भेटेका हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार