बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

महालेखा परीक्षकमा तोयम राया नियुक्त

महालेखा परीक्षकमा तोयम राया नियुक्त

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    महालेखा परीक्षकमा तोयम राया नियुक्त
    images

    काठमाडौं । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका हुन् । 


    images
    images

    संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिश गरेपछि वैशाख ४ गते संसदीय सुनुवाई समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

    पूर्वअर्थ सचिव राया महालेखा परीक्षक सिफारिस हुनुअघि राष्ट्रिय तथ्यांक कार्यालयको सचिव थिए । सिफारिस भएपछि उनले राजीनामा दिएका थिए । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार