शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

धरौटी नबुझाएपछि दीपेश पुन फेरि थुनामा

धरौटी नबुझाएपछि दीपेश पुन फेरि थुनामा

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    धरौटी नबुझाएपछि दीपेश पुन फेरि थुनामा
    images

    काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी नुबझाएका कारण दिपेश पुन थुनामा गएका छन् ।


    images
    images

    रुपन्देही जिल्ला अदालतले शुक्रबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनले तोकिएको धरौटी नबुझाएपछि थुनामा गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले जानकारी दिए । 

    त्यसैगरी अहिलेसम्म धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका छन् ।  मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । । उक्त मुद्दामा प्रतिवादी बनाएका २८ जनामध्ये फरार २० जनालाई प्रतिवादी म्याद जारी गरिएको छ ।

    आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी तोकिएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार