काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्मा जिम्मेवारी बाँडफाट गरेका छन्।
मुख्यमन्त्री अधिकारीेले बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
चैत २५ गते उनीहरु बिनाविभागीयमन्त्री बनेका थिए । शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो। शपथ आईतवार मात्रै हुने बताइएको छ । शुक्रबारलाई डाकिएको बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन्।
सभामुख कृष्ण धिताललाई समेत जोडेर बहुमत पुर्याएका मुख्यमन्त्रीको नियुक्ति नै अवैधानिक भन्दै कांग्रेसद्वारा दायर रिटमा सर्वोच्च अदालतले ‘काम चलाउ’ घोषणा गरेका मुख्यमन्त्री अधिकारीले मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।
हाललाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको सर्वोच्चले मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा सुनुवाइ गर्ने यही वैशाख १० गतेलाई पेसी तोकेको छ।