शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु
    images

    काठमाडौं  । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ। 


    images
    images

    गोदावरीस्थित सनराइज सभाहलमा शुरु भएको  परिषद् बैठक २ दिनसम्म चल्नेछ । परिषद् बैठकमा २ हजार ४ सयभन्दा बढी सहभागी भएको एमालेले जनाएको छ  

    मिसन ग्रासरुट,  झुलाघाट-चिवाभञ्याङ संकल्प यात्राजस्ता ठूला र देशव्यापी अभियान सम्पन्न गरिसकेपछि एमालेले महाधिवेशनपछिको सबैभन्दा ठूलो भेला आयोना गरेको हो।

    परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

    यसैगरी, एमालेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट पनि प्रतिवेदन प्रस्तुत हुनेछन्। उद्घाटनपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार