शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

अहिलेको गठबन्धन ०८१ माघ कट्दैन : गगन थापा

अहिलेको गठबन्धन ०८१ माघ कट्दैन : गगन थापा

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    अहिलेको गठबन्धन ०८१ माघ कट्दैन : गगन थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले–माओवादीको गठबन्धन आगामी माघ महिना नकट्ने दाबी गरेका छन् ।


    images
    images

    शनिबार इलाममा  चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताए। ‘आज एमाले र माओवादी जोडिएर फेरि आउनुभएको छ । आज वैशाख ८ गते म यहाँ उभिएर भन्दैछु, यो अहिलेको गठबन्धनले २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अघि उभिएर जवाफ दिन आउनेछु ।’ उनले भने । 

    इलामको चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको उनले टिप्पणी गरे । 
    उनले भने, ‘इलामको यो चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको छ । चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्नुपर्छ । हामीले यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनसँग सँगै रहन चाहन्थ्यौं । तर, हाम्रो चाहनाले मात्रै भएन । 

    थापाले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको र राजनीतिलाई विकृत तुल्याएको बताए। यस्तो गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उनले बताए।‘त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ,’ उनले भने।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार