बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

सत्ता गठबन्धन ओल्टेकोल्टे गरेको छ, कति दिन टिक्ने हो प्रश्न उठिरहेको छ : माधव नेपाल

सत्ता गठबन्धन ओल्टेकोल्टे गरेको छ, कति दिन टिक्ने हो प्रश्न उठिरहेको छ : माधव नेपाल

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    सत्ता गठबन्धन ओल्टेकोल्टे गरेको छ, कति दिन टिक्ने हो प्रश्न उठिरहेको छ : माधव नेपाल
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठाउँदै टिक्ने नटिक्ने टुंगो नभएको बताएका छन् ।


    images
    images

    सोमवार ललितपुरको च्यासलमा  नेकपाका संस्थापक रबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म जानेमा शंका व्यक्त गरेका हुन्।

    ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’ उनले भने । गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै नेता नेपालले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बताए ।

    आफूहरु कसैको दास नभएको टिप्पणी गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति सहज नलागेको र राजनीति जटिल रहेको बताए ।  ‘सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौंँ ।’ नेपालले भने,कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौं । कसैको दास बन्ने होईन ।’

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार