बुधबार, वैशाख २६ गते २०८१
Logo
बुधबार, वैशाख २६ गते २०८१

विद्या भण्डारी र केपी ओलीलाई देउवाको प्रश्न: मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?

विद्या भण्डारी र केपी ओलीलाई देउवाको प्रश्न: मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    विद्या भण्डारी र केपी ओलीलाई देउवाको प्रश्न: मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कटाक्ष गरेका छन् ।


    images
    images

    नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेका पूर्वमहासचिव मदन भण्डारीको हत्यारा  पत्ता लगाउन नसकेको भन्दै एमालेका नेतृत्वमाथि प्रश्न उठाएका हुन् । एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति नै भएको भन्दै देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन नै चासो नदिएको जिकिर गरे ।

    ‘दुई पटक राष्ट्रपति बनिसक्नुभयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्‍यो तपाईंहरुले ’, देउवाले देउवाले आफूले काम नगरेर एमालेले कांग्रेसलाई  गाली गरेकोमा आपत्ति जनाउँदै भने, ‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राइभर पनि मारियो । त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन’, देउवाले भने, ‘मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नुपर्‍यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन ?’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा कांग्रेस सभापति देउवाले संसदमा आफूहरुले उठाएको विषयलाई गम्भीर रुपमा लिन आग्रह गरे । कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार