शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

नेपालसँग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा, को-को आउँदैछन ?

नेपालसँग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा, को-को आउँदैछन ?

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    नेपालसँग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा, को-को आउँदैछन ?
    images

    काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२०  खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् ।


    images
    images

    २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ । तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पल जस्ता खेलाडी टोलीमा छन् । नेपाल आउने वेस्टइन्डिज टोलीमा रहेका जोनसन चार्ल्सले वेस्टइन्डिजलाई २०१२ र २०१६ मा टी–२० विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेका थिए ।कप्तान ३२ वर्षीय रोस्टन चेश अनुभवी छन् ।  उनले ४९ टेष्ट, ४५ एकदिवसीय र ११ ट्वान्टी २० आई क्रिकेट खेलेका छन् । 

    वेस्टइन्डिज क्रिकेट टोली आफ्नो इतिहासमै पहिलो पटक नेपाल आउन लागेको हो ।नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आगामी शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

    वेस्टइन्डिजको टोली

    रोस्टन चेश, एलिक एथानाजे ९उपकप्तान०, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार