शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम नलिने रवि लामिछानेको घोषणा

सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम नलिने रवि लामिछानेको घोषणा

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम नलिने रवि लामिछानेको घोषणा
    images

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् ।


    images
    images

    इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने  घोषणा गरे । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।

    ‘विपक्षीहरुले सहकारी ठगीबारे हल्ला गर्दै हिँड्नुभयो, हामी काम गर्दैछौं । चाँडै नै नीति ल्याएर, कानूनमा आवश्यक संसोधन गरेर सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना वचतकर्ताको तिर्न सुरु गरिने छ । यो कुराको जानकारी प्रधानमन्त्रीलाई गराएको छु । म यत्तिकै यहाँ आएर बोलेको होइन, प्रधानमन्त्री भनेको छु कि हामी गर्छौं ।अहिले कानूनले अप्ठेरो परोको छ । सम्पत्ति विभिन्न मान्छेका नाममा राख्ने अनि आफ्नो नाममा छैन भनेका छन् । तिनको नाममा छ कि छैन हामी खोज्छौं । भाञ्जाका नाममा, भतिजका नाममा, सालासालीका नाममा देशमा विदेशमा कसका नाममा राखेको छ, सम्पत्ति सुद्धिकरण विभागले खोज्नेछ ।' उनले भने, हिजोसम्म चप्पल पड्काउनेको टोपी खस्ने महल कसरी भयो ? त्यो कसको भाञ्जा हो, कसको भतिज हो, कसको सालासाली हो पत्ता लगाइन्छ । तिनको सम्पत्ति जफत गरेर दुख गरेर सहकारीमा पैसा जम्मा गर्नेहरुलाई फिर्ता गर्ने क्रमको सुरुवात नलिइकन म राजनीतिबाट विश्राम लिन्न याद गर्नुहोला । यो आरोपको भारी बोकेर रवि लामिछाने यसै हराउँदैन । यसको सक्रियता र निरन्तरताको अगुवाइ पनि रास्वपाले गर्छ ।'

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार