सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

कर्णालीमा माओवादीका परियार विना विभागीय मन्त्री नियुक्त

कर्णालीमा माओवादीका परियार विना विभागीय मन्त्री नियुक्त

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    कर्णालीमा माओवादीका परियार विना विभागीय मन्त्री नियुक्त
    images

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले सत्ता साझेदार माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । विश्वासको मत लिनु अघि मुख्यमन्त्री कंडेलले परियारलाई मन्त्री नियुक्त गरेका हुन् । उनले भोलि, बिहीबार संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका छन् ।


    images
    images

    नवनियुक्त मन्त्री परियारलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ दिलाए । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

    परियार हुम्ला प्रदेश सभा (क)बाट निर्वाचित सांसद हुन् । चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सरकारलाई पूर्णता दिन सकेका छैनन् । मख्यमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार