सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

कांग्रेसले माग्दैमा राजीनामा दिन्नँ : गृहमन्त्री लामिछाने

कांग्रेसले माग्दैमा राजीनामा दिन्नँ : गृहमन्त्री लामिछाने

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    कांग्रेसले माग्दैमा  राजीनामा दिन्नँ : गृहमन्त्री लामिछाने
    images

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस माग्दैमा पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् । बुधबार इलाममा आयोजित चुनावी सभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले  नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका हुन् । 


    images
    images

    'के मैले कांग्रेसले भनेर राजीनामा दिनुपर्ने  ? कांग्रेस जो नेपाली जनतालाई नक्कली भूटानी शरणार्थी बनाएर बेचेको आरोपमा जेल गएको नेतालाई निकाल्न सक्दैन,राजीनामा गराउन सक्दैन अनि उसले भनेर मैले राजीनामा  दिने ? लामिछानेले भने, मेरो पार्टीमा त इतिहास छ प्रमाणित भएको पनि होईन, त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसकेपछि डिल गरेको ७२ घण्टामा कारवाही गरेको पार्टीको सभापति हुँ म हेक्का रहोस् ।  म भ्रष्टहरुलाई यताउता फ्रन्ट रोमा अख्तियारमा बयान लिएर गएका मान्छेहरुलाई लिएर हिंडेको पार्टीको सभापति होईन हेक्का रहोस् ।'

     कांग्रेसले आफूलाई गलत देखाउन सहकारी ठगी प्रकरण उचालेको आरोप समेत लगाए । कांग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको आरोप छ । सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्याए ।उपप्रधानमन्त्री लामिछानेले  आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार