२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सुन्दरी प्रतियोगिताका आयोजकले गरेको यौन हिंसा छानविन होस्

सुन्दरी प्रतियोगिताका आयोजकले गरेको यौन हिंसा छानविन होस्

साझा पोष्ट
शुक्रबार, जेठ ६ २०७९
  • images
    images
    सुन्दरी प्रतियोगिताका आयोजकले गरेको यौन हिंसा छानविन होस्
    सामाजिक संजालमा आइरहेको एकजना चेलीको केही वर्ष अगाडि उनीमाथी भएको यौन हिंसा बारेको खवरले सत्य केहो भनेर जिज्ञासा लाग्यो र त्यसबारे आएका सबै भिडियोहरु हेरें ।
    उनाको पीडा ! उनले भनेका हरेक शब्दमा सत्यता महसुस गरें ।एउटा भयावह घटनाका कारण उनले भोग्नु परेको क्रमिक परिणाम र मानसिक आवस्था ज्यादै जटिल र विक्षिप्त जस्तो उनको भनाइबाट प्रष्ट झल्किन्थियो ।महिला , बालबालिका र किसोरीहरु माथी हुने विभिन्न हिंसा र यौन हिंसाबारे का कानुन माथी प्रश्न उठेको छ !!
    जो साँच्चिकै पिडित छन ती घोर अन्यायमा परेको कतिपय घटनाले देखाएको छ ।अनि कतिले यसलाइ आफ्नो फाइदाका लागि हतियार बनाएको पनि देखा परेको छ ! खैर तेस्ता घटना कम होलान !! तर छन ।एकअर्कोसंग बाझ्ने खालका कानुनमा लेखिएका बुँदाहरुका कारण साच्चिकै अपराधिलाई फुत्किने अवसर प्राप्त भैरहेको कत्ती केशहरुमा देखिएको पनि छ । त्यसैले यसमा सूक्ष्म किसिमले पुनरावलोकन हुनुपर्छ र संशाेधन  हुनुपर्छ र यस्तो सम्वेदनशील विषयको कानुन प्रष्ट र कडा प्रकारको हुनुपर्छ ।
    आएदिन यस्ता घटना घटिरहेको छन ।काखे बालिका देखि बृद्ध अवस्थाका महिला सम्म सुरक्षित छैनन् , ज्यान नै गुमाउनु परेको आवस्था छ ।
    जुन हामीले खुलेआम हेर्नुपरिरहेको छ ।तर यो घटनाले के बताउछ भने भित्रभित्रै समाजमा यस्तो प्रबृत्ति बढदै गइरहेको छ , जसले झन् भयावह स्थिति सृजना गर्न सक्छ ।
    ती युवतीका अनुसार उनले यो कुरा भन्न डराइन ! अरु पुरुष साथीको सहारा मागिन ! ती सबैले के सल्लाह दिए भने दुनियाँले के भन्लान् ??
    अरुको जिन्दगी बर्बाद हुन्छ , इत्यादि ...
    म पनि एउटा युवा छोरीको आमा हुँ ।कामको सिलसिलामा , पढाइको सिलसिलामा बच्चाहरुलाई बाहिर पठाउनु पर्ने हुन्छ ।तर केभने जबसम्म उनीहरु १८ नाघ्दैनन  कसै न कसैको रेखदेखमा हुनैपर्छ । यो मेरो सबै अभिभावकलाई सुझाव हो । यो खबरले मनमा यति धेरै प्रश्न आयो कि निदाउन गाह्रो भयो !!
    समाजमा संमानजनक स्थान गुमाउने डरले !परिवारको इज्जतको डरले जसरी यी युवतीले आफ्ना अभिभावकबाट यो पीडा लुकाएर राखिन,कतै हाम्रा छोराछोरीले त त्यसै गरिरहेका छैनन ??त्यो गुम्साएको पिडाले उनी यो मानसिक अवस्थामा पुगिन !! ! त्यसैले आफ्नो अभिभावक नै तपाईंको सच्चा मित्र हुन ।दुइ दिन भेटेको मानिससंग रमाइलो त होला तर सही मार्गदर्शन गर्न र तपाईंको पीडा निकोपार्न सक्दैन । जे होस जसरी उनले हिम्मत गरेर आफ्ना कुरा बाहिर ल्याइन तेस बारे गहिरो छानबिन होस ।
    -अभिनेत्री मानन्धरले आफ्नो फेसबुकमा राखेको विचार

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार