२०८३, कात्तिक १८ गते

मंगलबार, कात्तिक १८ गते २०८३

मंगलबार, कात्तिक १८ गते २०८३

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको दाबी

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको दाबी

साझा पोष्ट
शनिबार, साउन ३० २०८३
  • images
    images
    ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको दाबी

    काठमाडौं,साउन ३० ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भूभागको हिस्सा घोषणा गरिने बताएका छन् ।
    न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभामा ट्रम्पले यस्तो बताएका हुन । उनले भने, ‘इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै ‘स्ट्रेट अफ होर्मुज’ संयुक्त राज्य अमेरिकाको भूभाग घोषणा गर्नेछु । यो सत्य हो ।’


    images

    ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आएका छन् । इरानले भने दाबी अस्वीकार गर्दै आएको छ ।
    वाल स्ट्रिट जर्नलका अनुसार, ह्वाइट हाउसका एक अधिकारीले पछि ट्रम्पले यो टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पारेका छन् ।
    इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मा ट्रम्पको भनाइको जवाफ दिँदै  ‘स्टे«ट अफ हर्मुज इरानी थियो, इरानी हो र इरानी नै रहनेछ ।’

    उनले स्ट्रेट अफ होर्मुज इरानको निर्णयअनुसार मात्र बन्द वा खुल्ने दाबी पनि गरे ।

    ट्रम्पले इजरायलसँग मिलेर फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसको जवाफमा तेहरानले ‘स्ट्रेट अफ होर्मुज’को अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दाबी गरिएको छ ।

    विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ लाई लिएर अमेरिका र इरानबीच तनाव कायम छ । इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको छ भने अमेरिकी नौ सेनाले इरानमाथि दबाब बढाउन जलमार्गमा नाकाबन्दी गरेको छ ।

    समर्थक र प्रहरीको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामीले नाकाबन्दी गरेका छौँ । हाम्रो इच्छाबिना कुनै पनि जहाज त्यहाँबाट जान सक्दैनन् ।’

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार