२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

कतारमा एक नेपालीले जिते ८२ करोडको चिठ्ठा

कतारमा एक नेपालीले जिते ८२ करोडको चिठ्ठा

सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट गत जनवरी १६ मा खरिद गरेका थिए।  पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिहरूबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन्। 

साझा पोष्ट
शनिबार, माघ २१ २०७९
  • images
    images
    कतारमा एक नेपालीले जिते ८२ करोडको चिठ्ठा

    काठमाडौं । कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा  त्यहाँको अहिलेसम्मकै ठूलो धनराशीको चिठ्ठा पारेका छन् । 


    images

    रञ्जितकुमार पालले युएइमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात नेपाली रुपैयाँ झन्डै ८२ करोड ११ लाख रुपैयाँ जितेका हुन्।

    बिग टिकट आबुधावी अन्तरगत फ्रेबुअरी ३ मा लक्की राफल ड्र खोलिएको थियो । जसमा रन्जितले  यो चिठ्ठा जितेका हुन् । 
    सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट गत जनवरी १६ मा खरिद गरेका थिए। 

    पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिहरूबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन्। रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका खलिज टाइम्सले जनाएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार