२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अभिनेत्री बेनिशा हमाल निर्देशक बनिन्

अभिनेत्री बेनिशा हमाल निर्देशक बनिन्

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    images
    अभिनेत्री बेनिशा हमाल निर्देशक बनिन्

    काठमाडौं । चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन्। उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ।


    images

    विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका छन्। 

    अभिनयमार्फत प्राप्त गरेको अनुभव र अध्ययनका आधारमा निर्देशनको सुरुआत गरेको अभिनेत्री हमालले जानकारी दिइन्।  

    ‘निर्देशनमा मात्र केन्द्रित हुनुपर्ने भएकाले अभिनय गरिनँ। यो मेरो सुरुआत हो’, उनले भनिन्, ‘आगामी दिनमा कथावस्तु र टिम मिलेसम्म म निर्देशनलाई निरन्तरता दिन्छु। निर्देशन गरेपछि दुवै पक्षलाई अझै बुझ्न पाएँ।’

    यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन छ। चौध चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री हमाल अभिनित चलचित्र ‘छक्का पञ्जा ४’ अहिले प्रदर्शनरत छ। -रासस 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार