२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एमाले अध्यक्ष ओली चुनावपछि पहिलो पटक गृहजिल्ला झापामा

एमाले अध्यक्ष ओली चुनावपछि पहिलो पटक गृहजिल्ला झापामा

साझा पोष्ट
शनिबार, साउन ३० २०८३
  • images
    images
    एमाले अध्यक्ष ओली चुनावपछि पहिलो पटक गृहजिल्ला झापामा

    काठमाडौं,साउन ३० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको चुनावपछि पहिलो पटक गृहजिल्ला झापा पुगेका छन्। 


    images

    शनिबार झापाको चन्द्रगढी विमानस्थलमा अध्यक्ष ओलीलाई एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरे। 

    उनी राजनीतिक तथा सांगठनिक कार्यक्रममा सहभागी हुन झापा गएका हुन्। ​यस पटक झापामा धेरै औपचारिक कार्यक्रम नरहे पनि इलाममा भने अध्यक्ष ओलीको विशेष भेटघाट तथा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। 


    विमानस्थलको स्वागत पश्चात् ओली सिधै इलामको फिकलतर्फ लागेका छन्। उनले शनिबार फिकलमा आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार