२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रुकुम पश्चिमबाट ७ जना घाइतेलाई काठमाडौं ल्याइयो   

रुकुम पश्चिमबाट ७ जना घाइतेलाई काठमाडौं ल्याइयो   

शनिबार, कात्तिक १८ २०८०
  • images
    images
    रुकुम पश्चिमबाट ७ जना घाइतेलाई काठमाडौं  ल्याइयो   

    काठमाडौं । । गए रातिको भूकम्पमा परी घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौं । ल्याइएको छ ।


    images

    नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौं ।  विमानस्थलमा अवतरण गरेको हो ।

    निगमको एक ट्विनअटर जहाज शनिबार बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ ।

    दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगञ्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाडौं ।  केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ ।- रासस

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार