२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अर्थतन्त्र सुधारोन्मुख छ, नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भयोः अर्थमन्त्री महत

अर्थतन्त्र सुधारोन्मुख छ, नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भयोः अर्थमन्त्री महत

मंगलबार, पुस १० २०८०
  • images
    images
    अर्थतन्त्र सुधारोन्मुख छ, नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भयोः अर्थमन्त्री महत

    चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । लगानीको वातावरण बिथोल्न खोजिए पनि त्यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले दाबी गरे ।


    images

    भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएको र नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको दाबी गरे ।

    ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ,’ अर्थमन्त्री डा. महतले भने, ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्यांकले देखाएको छ ।’ उनले नेपालमा निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गरे ।प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको बताउँदै उनले भने, ‘लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।’

    सेयरबजार माथि उठ्दै गएको, घरजग्गा कारोबारमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको र विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको उनले बताए ।  राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उनको दाबी छ ।  'नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ ।असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ ।' अर्थमन्त्रीले भने, बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ ।' 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार